पृष्ठभूमि

नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था अनुसार प्रदेश नं. ५, सामाजिक विकास मन्त्रालय मातहत प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, बुटवलको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र प्रदेश नं. ५ अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको ।

 

यस केन्द्रको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ ।
  • प्रदेशमा स्वास्थ्य सँग सम्बन्धित औषधी, खोप तथा खोपजन्य सामाग्री, औजार उपकरणहरुको खरिद, भण्डारण तथा वितरणको  उचित व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य आपुर्तिसंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित र आवश्यकता अनुसार प्रकाशित गर्ने ।
  • प्रदेशमा स्वास्थ्य आपुर्ति सहज बनाउनका लागि समस्याहरुको पहिचान र समाधानका उपायहरु खोजी गर्ने ।
  • प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपुर्तिको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने ।